विषादी नियन्त्रणमा विशेष बजेट पनि शुन्य जस्तै
सरकारले प्राथमिकताका साथ रातो किताबमा नभएको अवस्थाका बाबजुद विषादी नियन्त्रण गर्न छुट्याईएको विशेष बजेटको प्रगति शुन्य पाईएको छ । युरोपेली संघको वैदेशिक सहायतामा १८ करोड र सरकार आफैले ३ करोड गरी तयार पारेको विशेष बजेटले गति नलिएको पाईएको हो ।
विशेष बजेट बनेपनि कामको मापदण्ड बनेपछि ५ महिना बितिसक्दा खर्च नभएको हो । विभिन्न उपकरण खरिद गरि जडान गर्ने र विराटनगर, हेटौडा अनि भैरहवामा जीवनाशक विषादी अवशेषको परिक्षण गर्ने उल्लेख भएपनि त्यसले प्रगति हासिल गर्न नसकेको हो ।
नेपाल सरकारले भारतीय विषादी प्रयोगशाला एफएसएसएआईको सरहको प्रयोगशाला नबनाएसम्म नेपालबाट अदुवा र अलैंची जस्ता नेपाली उत्पादनमा रोक लगाउने गरि भारतीय पक्षले सहमति गरेको छ ।