टिमुर र मालागेडी मार्फत् स्वरोजगार कार्यक्रम
दाङका पहाडी क्षेत्रमा मालागेडी र टिमुरको व्यवसायिक खेती गर्न थालिएको छ । स्थानीय बासिन्दालाई स्वरोजगार
बनाउन जिल्ला वन कार्यालय दाङले खेतीका लागि विरुवा उत्पादन गरेको छ । यसै आर्थिक वर्षमा एक लाख टिमुरका
विरुवा रोप्न थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो । डिभिजन वन
कार्यालयले यो वर्षलाई टिमुर वर्षका रुपमा मनाउन थालेको डिभिजन प्रमुख ज्ञवालीले जानकारी दिनु भयो ।
डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्बापुरमा ५० हजार, तुलसीपुरको नर्सरीमा २५ हजार र
नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरका विरुवा उत्पादन गर्न उत्पादन गर्न सुरु गरिएको छ । तीनवटै नर्सरीमा २०
हजार मालागेडी विरुवा उत्पादन समेत सुरु गरिएको छ । कार्यालयले दाङको उत्तरी क्षेत्रमा पांच लाख टिमुरका विरुवा
रोप्ने लक्ष्य राखेको बताईएको छ ।
विरुवा उत्पादनपछि पहिलोपटक प्राथमिकता किसानलाई र त्यसपछि जग्गा लिजमा ल्याएर व्यवसायिक खेती गर्ने
किसानलाई दिइने समेत प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार टिमुरका विरुवा उत्पादन ढुवानी र रोपन
सम्म प्रति व्रिउवाका लागि १८ रुपैयाँ छुट्टईएको छ । किसानले ठुलो मात्रामा उत्पादन गर्ने टिमुर र मालागेडीको बजार खोज्ने,
उचित मूल्य कायम गर्ने र सहज तरिकाले निकासीको लागि समेत डिभिजन वन कार्यालयले सहजीकरण गर्ने गरी योजना
बनाईएको कार्यालयले जनाएको छ ।