बिहिबार, २९ कार्तिक २०८१

चामल सित सिमी साट्दै किसानहरु

Share via:

 

सिस्ने गाउँपालिका १ मनराज बुढा प्रशस्त सिमि उत्पादन गर्छन । यसरी उत्पादन् गरेको अर्गानिक सिमिले मूल्य पाउन

सकेको छैन । बिक्रि नहुने भएपछि बुढाले चामलसित सिमी साट्ने गरेका छन् । एक पाथी चामल बराबर बुढाले त्यति नै सिमि

दिन्छन् । भूमे गाउँपालिका-२ कि बालकुमारी बुढा मगरले यस वर्ष पनि आफूलाई चाहिने बाहेकको सिमि बेचिसकिन् । उनले

नगदमा बेचेकी होईनन् । चामल सित साटेकी हुन् । यी मात्र होइन, यहांका अधिकांश स्थानीयले सिमि सित चामल साट्छन् ।

सिस्ने १ का सबै टोलमा सिमि फल्छ । सबैले बराबर परिणाममा सिमि दिएर चामल साट्ने गरेका छन् । घरमा चामल लिएर

आउने जो कोहीलाई सिमि दिन्छन् । शिक्षक र व्यापारीले चामल सित सिमि साटेर बजार पुर्याउंछन् । चामल संग साट्दा सिमि

कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताए । ‘बजारमा चामलको भन्दा दोब्बर मूल्यमा सिमि बिक्रि हुन्छ, हामीले भने

सरोबर मै सिमि साटिरहेका छौं,’ बुढाले भने ।

सडक नजोडिएकाले सजिलै सिमि बजार पुर्याउन सम्भव छैन । भूमे १, २, ३ र अन्य वडामा पनि चामल सित सिमि साट्ने गरिन्छ ।

यस क्षेत्रमा भने एक भाग सिमिको दुई भाग चामल राख्ने चलन छ । व्यापारीले दुई बोरा चामल दियो भने एक बोरा सिमि बजार

लगेर बेच्छन् । बजारमा प्रतिपाठी ६ देखि ८ सय रुपैयाँमा सिमि बेचिन्छ । केहि वर्षदेखि चामलले सिमि साट्न थालेको बल्कुमारीले

बताईन् । ‘हामी संग सिमि हुन्छ, व्यापारीले चामल ल्याउँछन्, एक पाथी सिमि दिएर दुई पाथी चामल राख्छौं,’ उनले भनिन् ।

 

गाउँ नजिक सडक पुग्दै गरेपछि व्यापारीहरु स्थानीय उत्पादन खोज्दै सिस्ने पुग्ने गरेको बताईन्छ । सिमीका साथै यहाँको आलु

पनि बजारसम्म पुग्न मुस्किल छ । सिस्नेका हरेक घारमा प्रशस्त आलु फाल्ने गर्छ । कान्तिपुर दैनिकबाट लिईएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *