बिहिबार, २९ कार्तिक २०८१

अज्ञात रोगले गर्दा फार्ममा बंगुर धमाधम मरे

Share via:

 

सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत तेरहौताका किसानका बंगुर फार्ममा अज्ञात रोग फ़ैलिएपछि किसान चिन्तित भएका छन् । रोगको संक्रमणबाट हालसम्म ४५ वटा बंगुर मरेका छन् ।

 

मुख सुन्निने, शरीरको तापक्रम बढ्ने र जिउ काम्ने जस्ता लक्षण देखिएको एक घण्टाभित्र बंगुर मर्ने गरेको फार्मका संचालक कुलानन्द चौधारीले जानकारी दिनुभयो । उहाँका अनुसार फार्ममा रहेका ३५ वटा बंगुर मरेका हुन् ।

 

बंगुर धमाधम मर्न थालेपछि ग्रामीण पशु स्वास्थ्यका कर्मचारीबाट उपचार सेवा सुरु गराए पनि बंगुर मर्ने क्रम अझै जारी नै रहेको संचालक चौधरीले बताउनु भयो । बंगुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फार्म संचालन गरेका अन्य बंगुरपालक किसान समेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौंको लगानी गरेर भद्रकुमारी लामा, सुवास राई,संजमान तामांग लगायतले बंगुर फार्म संचालन गरिरहेका छन् ।

 

पशु स्वास्थ्य सम्पर्क केन्द्र सप्तरीका प्रमुख सूर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सोबारे माथिल्लो निकायमा जानकारी गराईसकेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *