शुक्रबार, १६ चैत्र २०८०

भारतबाट अवैध रुपमा भित्र्याईएको एक ट्रक टमाटार नष्ट

Share via:

 

कोरोना भाईरस संक्रमणको सन्त्रासको बीचमा भारतबाट ल्याईएको एक ट्रक टमाटर दाङमा नष्ट गरिएको छ ।उद्योग वाणिज्य संघले भारतबाट ल्याएको एक गाडी टमाटर नियन्त्रणमा ल्याएर बुझ्बार नष्ट गरेको हो ।

देश व्यापी लकडाउनका बीच भारतबाट ल्याइएका टमाटरबाट कोरोना भाइरस फैलन सक्ने भन्दै नियन्त्रणमा लिएको टमाटर घोराहीको सिस्ने खोलामा नस्ट गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए।

टमाटर ब्यक्तिसँग भारतको कुन ठाँउबाट ल्याइएको र कहाँ लैजाने भन्ने कुनै आधिकारीक प्रमाण नभएको पाइएपछि स्थानीय प्रशासन, जनप्रतिनिधिको रोहवरमा टमाटर नस्ट गरिएको थियो।

लु१च १९६२ नम्बरको गाडीमा ल्याउँदै गरेको ८५ क्यारेड ९२१२५ केजी टमाटर बाहिरबाट जिल्लामा तरकारी ल्याउन प्रतिबन्ध गरेको अवस्थामा भारतबाट ल्याउँदै गरेको सूचना पाएपछि बुधबार देउखुरीको कुलमोहरबाट उद्योग वाणिज्य संघले नियन्त्रणमा लिएको थियो।

खराब अवस्था रहेको भन्दै संघले बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल ल्याउन रोक लगाएको छ। तर व्यवसायीहरुले अटेरी गरेर ल्याएकाले नियन्त्रणमा ल्याएको संघले जनाएको छ।

संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो। केही दिनयता तरकारी वितरणमा जन गुनासो आएपछि संघले व्यवस्थित वितरणका लागि थप रणनीतिहरु अगाडि बढाएको र आगामी दिनमा उपमहानगरपालिका भित्रका कृषि उत्पादनहरुलाई बजारमा ल्याउनका लागि सबै वडाका अध्यक्षहरुसँग छलफल र परामर्श अगाडि बढाएको महासचिव कार्कीले बताए। हिजो तुलसीपुरको तरकारी बजारमा पनि भारतबाट तरकारी ल्याइको पाइएपछि तरकारी बजारलाई सिल गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित