बुधबार, २० श्रावन २०७८

चट्याङले कृषिलाई पनि फाईदा तर यी ठाउँ छन् नेपालका चट्याङले जोखिमग्रस्त

Share via:
  •  
  •  
  •  
  •  
  •  

 

चट्याङ संगै हावाहुरी र असिना पाउने सिजन हो अहिले । दैनिक जसो कुनै न कुनै ठाउँमा चट्याङ लागेर मृत्यु भएको समाचार सुन्ने गरेका छौं भने कोहि यसलाई प्रत्यक्ष देखेर अनुभव पनि गर्नु भएको हुन सक्छ । खास गरी चट्याङ एउटा दुर्घटना गराउने प्राकृतिक प्रकिया मात्र नभएर कृषि जन्य क्रियाकलापलाई पनि सहज पुर्याउने गरि माटोमा नाईट्रोजन स्थिरिकरण गर्न पनि सघाउ पुर्याउछ । चट्याङका हिसाबले नेपाल कति जोखिम छ त ?

चट्याङविद् डा. श्रीराम शर्माका अनुसार नेपालमा झापाको दक्षिणपूर्व क्षेत्रदेखि नवलपरासीको चुरे क्षेत्रमा अत्यधिक चट्याङ पर्छ ।

चुरे क्षेत्रपछि रसुवा र नुवाकोटको त्रिशुली नदी आसपासको भूगोलदेखि नारायणी नदीको छेउ नवलपरासी-रुपन्देहीसम्म चट्याङको जोखिम क्षेत्र हुन् । चुरेपछि त्रिशुली नदी आसपासको क्षेत्रलाई पनि चट्याङको हिसाबले जोखिमयुक्त मानिन्छ ।

पूर्वी झापाको दक्षिणी भेगदेखि चुरे क्षेत्रको नवलपरासी-रुपन्देहीसम्म बढी चट्याङ पर्ने भएकाले यो क्षेत्रलाई ‘चट्याङ चिम्नी’को संज्ञा दिइएको छ ।

झापाको दक्षिण पूर्वी क्षेत्र बंगालको खाडी नजिक पर्दछ । बंगालको खाडीबाट आउने समुद्री बाफ झापाको पश्चिमी क्षेत्रसम्म आइपुग्छ। चट्याङ बाफमा नै बन्ने हुनाले झापा र त्यस आसपासको क्षेत्रमा बढी असर देखिएको अनुमान छ ।

बादल एकअर्कासँग घर्षण भएर उत्पन्न हुने विद्युतीय करेन्ट निकै शक्तिशाली हुन्छ । एक वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्दा २० हजार एम्पिएर वा सोभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुने गर्छ ।

यो विद्युतीय झट्का कहिलेकाहीँ पृथ्वीसम्म आइपुग्छ । यो झट्काले जहाँ छुन्छ वा जो यसको नजिकमा हुन्छ त्यहाँ क्षति पुग्छ । मानिस वा अन्य प्राणीको मृत्यु हुने, अंगभंग हुने, रुखमा चिरा पर्ने आदि हुनुको कारण त्यही विद्युतीय करेन्ट हो । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् ।

यसको जोखिममा घर बाहिर भएकाहरु पर्छन् । त्यसैले बिजुली चम्किएको बेलामा वा गड्याङगुडुङ गरेको बेलामा घर बाहिर निस्किनुहुँदैन ।

धेरै मानिसहरु चट्याङ टाढा परेको भन्ने ठानेर आफू सुरक्षित भएको ठान्छन् । तर, त्यसो होइन, यसको विद्युतीय शक्ति खतरनाक हुने भएकाले टाढाटाढासम्म पनि क्षति पुर्‍याउन सक्छ । भनिन्छ, चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म पनि असर पुर्याउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *