बिहिबार, १३ बैसाख २०८१

एसियाको आर्थिक वृद्दिदर ६० वर्ष यता कै न्यून : शून्य हुन सक्ने

Share via:

 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने प्रक्षेपण गरेको छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण एसियाको आर्थिक वृद्धिदर ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण गरिएको हो ।

आईएमएफका एसिया प्यासिफिक डिपार्टका निर्देशक चाङयोङ रिहीले यो विश्व अर्थतन्त्रको लागि निकै अन्योलपूर्ण र चुनौतीपूर्ण समय रहेको बताएका छन् । यो अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधारको लागि परिवार र कम्पनीहरुलाई सम्बन्धित मुलुकले सहयोग गर्नुपर्ने उनको भनाइ छ । साथै यो संकटको सामनाको लागि प्रधावकारी र समन्वयकारी नीतिको आवश्यकता रहेको उनले बताए ।

सन् २००८ को वित्तीय संकटयता यता एसियाको आर्थिक वृद्धिदर औसतमा चार दशमलव ७ प्रतिशत रहँदै आएको छ । प्रभावकारी कदम चाल्न सकेको खण्डमा भने सन् २०२१ मा एसियाको अर्थतन्त्रमा सुधार हुन सक्ने आईएमएफले बताएको छ । केही दिनअघि मात्र विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै कमजोर बन्न सक्ने चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित