बिहिबार, ०६ बैसाख २०८१

लकडाउनले गर्दा कृषिमा रमाउंदै युवाहरु

(सांकेतिक तस्वीर)

Share via:

(सांकेतिक तस्वीर)

विहानैदेखि एसी र पंखाको हावामा काम गर्ने उनी यतिखेर ३५ डिग्रीको तापक्रममा कोदालो चलाउँदै छन्। विहान उठ्नासाथ नित्यकर्म गरेर दिउँसो घाममा समेत उखु ताम्ने र एक घण्टा आराम नगर्दै बेलुका समेत खेतमै बिताउने उनको दैनिकी भइसकेको छ। चिसो कोठाभित्रै काम गर्ने उनी चर्को घाममा पसिना बगाउँदा समेत एकदमै हर्षित नै देखिन्छन्।

‘अहिले गोडमेल भएन भने उखु बर्बादै हुन्छ। सबै लागनी डुब्छ। लकडाउनमा मजदुर पाइएको छैन। त्यसैले आफै दिनभर काम गरिरहेको छु,’उनले भने। उनी हुन् वटेश्वर गाउँपालिका–१ चित्रपुरका स्वास्थ्यकर्मी जागृत कुशवाहा। पोलिक्लिनिक संचालन गरी वैदेशिक रोजगारीमा जाने युवकको मेडिकल जाँच गर्ने उनी लकडाउनपछि खेतीपातीमै दिन बिताइ रहेका छन्।

काठमाडौँमा व्यवसाय गर्दै आएका धनुषाको वटेश्वर गाउँपालिका-१ का सन्तोष सिंह यतिखेर दिनभर उनी खेतमै बिताउँछन्। पढाइ लेखाइको क्रममा १० पास गरेदेखि नै घरबाहिरै बस्दै आएका उनी ७ वर्षयता मुस्किलले घरमा १ सातासम्म बिताउँथे। तर कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि चैत १० गते नै घर आइपुगेका उनी परिवारसहित दिनभर खेतीपातीमा ब्यस्त छन्। यसअघि कहिल्यै खेतमा काम नगेका उनी लगातर एक सातादेखि गहुँ काट्नमा ब्यस्त छन्।

‘दिनभरी समय बिताउन गाह्रो भएको छ। गहुँ पाकेर खेतमा झर्न थाल्यो। मजदुर पाइरहेको छैन,’ उनले भने, ‘यहाँ काम पनि हुन्छ दिन पनि बित्दो रहेछ।’ उनीसँगै कहिल्यै खेतमा काम नगर्ने उनका दाजुभाइ समेत दिनभर खेतमा गहुँ काट्नमै ब्यस्त छन् यतिखेर।

जसोतसो केही जनमजदुरको सहारामा करिब एक बिघा खेतमा लगाएको गहुँ काटेर, थरेसरमा कुटाएर घर भित्र्याइसकेका उनी खेतमा लागेको बाँकी गहुँ भित्र्याउन लागिपरेका छन्। लकडाउनमा पारिवारिक सदस्यसँग भेटघाट र सँगै बस्नु उनले अवसरको रुपमा लिइ रहेका छन्। नागरिक दैनिकबाट लिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित