बुधबार, २८ कार्तिक २०८१

दूध बिक्रि नभएपछि भैंसीलाई नै खुवाउँदै किसानहरु

Share via:

 

पशुपालक कृषकले लकडाउनका कारण दुध नबिकेपछि भैंसी दुहेर दुध भैंसीलाई नै खुवाउने गरेका छन् ।

कोरोना भाइरसको त्रासले बेनी बजारमा बसोबास गर्ने मानिसहरु गाउँतर्फ लागेपछि दूध नबिक्दा किसानले दुध दुहेर भैंसीलाई नै खुवाउन बाध्य भएका हुन् ।

सदरमुकाम बेनी बजारसँगै सीमाना जोडिएको बेनी नगरपालिका ६ बाँसबोटमा बरदान पशुपन्क्षी फार्म सञ्चालन गरेका दुर्गाप्रसाद पौडेलले दूध नबिकेपछि दैनिक ५० लिटर दुध भैंसीलाई नै खुवाउने गरेको बताए ।

अहिले दूध नबिक्दा दैनिक १४ हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको उनको भनाइ छ ।

यस्तै अवस्था जिल्लाका बरंजा, सिंगा, बासकुना, अर्मन लगायतका कृषकहरुले पनि दुध नबिकेपछि गाई भैंसीलाई खुवाउने र खोलामा फाल्ने गरेको स्थानीय कृषकहरु बताउँछन् ।

बेनी नगरपालिकाभित्रका किसानले मात्रै बेनी बजारमा दैनिक करिब ३ हजार लिटर दूध बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले ३५ प्रतिशतमात्र दुध बिक्री भएको छ ।

यस्तै बजार लैजानका लागि ठिक्क पारिएका कुखराहरु बिक्री हुन सकेका छैनन् भने अर्कोतिर कुखुरालाई दानाको समेत अभाव भएको कुखुरा पालक कृषकहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *