बुधबार, २८ कार्तिक २०८१

पशुहरुलाई अति नै लाभदायक वैकल्पिक घाँसबारे प्राविधिक जानकारी

Share via:

 

परिचय

पशुपालनको लागि मुख्य आधारभूत तत्व हो पशु आहारा । पशुलाई जति बढी घाँस खुवाएर पालिन्छ त्यति नै स्वस्थ्य र निरोगी हुन्छन् भने उत्पादन लागत खटेर मुनाफा राम्रो कमाउन पनि सकिन्छ । पशुलाई सकेसम्म १२ महिना नै हरियो खुवाउन सकियो भने उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसैले मौसम अनुसारको विभिन्न भुईघाँस र डाले घाँसको खेती तर्फ पशुपालक कृषकको ध्यान जान जरुरी छ । वर्षातको मौसममा हामीकहाँ प्रशस्तै घाँस हुन्छ तर हिउँदमा घाँसको समस्या पर्छ । हरियो घाँसको अभावमा पशुहरु दुब्लाउने, दूध उत्पादनमा कम आउने जस्ता समस्या आईपर्छन् । तर यो समस्यालाई कम गर्न घाँस बढी भएको मौसममा घाँसलाई सुकाएर हे वा साईलेज बनाउन सकिन्छ । अनि परालमा पशुलाई आवश्यक पर्ने विभिन्न पदार्थहरु मिसाएर टि.एम.आर बनाएर राख्न पनि सकिन्छ ।

 

हे घाँस बनाउने तरिका

हे भनेको हरियो घाँसलाई खासगरी उत्पादन बढी भएको बेला काटी सुकाई बनाईएको पशु आहारा हो । हे उत्पादनको लागि फूल फुल्न सुरु गरेपछि घाँस काट्न उपयुक्त हुन्छ । हे सुकाउँदा घाँसमा भएको पानीको मात्रा ८०-८५% सम्म कम हुनपर्छ । हे सुकाउँदा पानी पर्यो भने घाँसमा भएको गुणनशील खनिज, भिटामिन, कार्बोहाइड्रेट आदि जस्ता तत्व पखालिएर जान्छ त्यसैले हेलाई पानी नपर्ने ठाउँमा  यानिकी  छायाँमा  सुकाउनु र राख्नुपर्छ । दलहन बालीबाट बनाईएको हे अरु भन्दा निकै पोषणयुक्त हुन्छ । हे घाँसको ज्वलन्त उदाहरण पराल र मकैको ढोड पनि हो । हरियो घाँसलाई  हे बनाउनुको मुख्य उद्देश्य  भनेको घाँसमा भएको पानीको मात्रालाई घटाई कुहिन, ढुसी  पर्न र अम्लीय बन्न बाट रोक्नु र हरियो घाँसमा भएको पौष्टिकतालाई कायम राख्नु हो । राम्रो हे मा घाँसका पातहरु सुरुको अवस्थामा जस्तै हुनुपर्दछ । जसले हे को पौष्टिकता यथावत राख्दछ । तपाईंले बनाएको हे हरियो र नरम हुनुका साथै धुलो तथा फोहोरबाट मुक्त हुनुपर्दछ । हे लाई हिउँद वा अन्य आहार कम पाईने बेलामा सुरक्षित आहाराको रुपमा प्रयोग गर्न सकिन्छ ।

साईलेज बनाउने तरिका

साईलेज भन्ने बित्तिकै हामीलाई अलिक अनौठो लाग्न सक्छ किनकी नेपाल जस्तो अल्प विकसीत मुलुकमा यो विधि त्यति प्रचलनमा आएको छैन तर यो विधि सबैभन्दा बढी पशुपालनको लागि उत्तम विधि हो । साईलेज बनाउनको लागि हरियो घाँस काटेर शीतलमा सुकाउँदा घाँसमा भएको पानीको मात्रा ४०-६०% सम्म कम हुनपर्छ तर घाँसको हरियोपना चाहिँ यथावत हुनपर्दछ यदि पहेंलो भएमा यसलाई साईलेज नभनेर हे भनिन्छ । पशुहरुले हे भन्दा बढी साईलेज रुचाउँछन किनभने यो अत्याधिक स्वादिष्ट, पौष्टिक र पचाउन सजिलो हुन्छ । पशुपालनका लागि साईलेज बनाउनको लागि निम्न चीजहरूलाई ख्याल गर्नुपर्छ ।

बालीको चयन

गुणात्मक घाँस नरम र लचकदार डाँठ भएको चारा बाली घाँस बनाउनको लागि बढी उपयुक्त हुन्छ । बाक्लो र कडा डाँठ सुकाउन धेरै समय लाग्छ जहाँ धेरै घामको प्रभावले गर्दा बोटको पोषक तत्वहरु हराउँदै जान्छ । यद्यपि बर्सिम, जौ, जई, sorghum, lucerne, cowpea वा अन्य अन्नका पातहरू साईलेज बनाउनका लागि प्रयोग गरिन्छ । अहिलेको समयमा, मकै, हरियो जई घाँस आदि जस्ता घाँसहरु साईलेज बनाउनको लागि उत्तम बाली मानिन्छ ।

फसलको उपयुक्त चरणको चयन

घाँसपात बनाउने उपयुक्त फसलको चरणको छनौट महत्वपूर्ण छ किनभने यसले पौष्टिक तत्वहरूको परिमाण निर्धारण गर्दछ । त्यसैगरी मकैमा हेर्ने हो भने मकै लगाएको ७० – ७५ दिनमा घोगा दुधिलो भएपछि  बनाईएको साईलेज पछि गएर सन्तुलित पशु आहारा  हुन जान्छ । सर्वप्रथम त यो विधिका लागि धान चमर र सुत्ला च्यापेको मकैको बोटलाई काटेर घरमा ल्याउनु पर्दछ । अनि धानको पाझा लगाए जसरी ६-७ घन्टा जति घाममा या शीतलमा ओईल्याउन दिनुपर्दछ ।

साईलेज बनाउने मेसीन

साईलेज बनाउने छुट्टै मेसिन हुन्छ जसको मूल्य धेरै पर्न जान्छ । व्यवसायिक पशुपालनमा हेर्ने हो भने फाईदाजनक हुन्छ तर आम किसानले त्यो मेसिन चलाएर साईलेज बनाउन फाईदा हुँदैन । त्यसकारण घरमा भएको कुटि काट्ने  मेसिनमा डबल ब्लेड लगाएर कुटि काटे जस्तै गरी मसिनो १ इन्च जतीको टुक्रा पार्नु पदर्छ ।

घाँसको गुणहरु

घाँसको गुणस्तर, फसलको चरण र प्रशोधनको विधि जस्ता धेरै कारकहरूको परिणाम, सामान्यतया शारीरिक र रासायनिक विशेषताहरूको समावेश गर्ने प्यारामिटरहरूको विश्लेषणद्वारा निर्धारित गरिन्छ ।

एक गुणस्तर घाँसमा निम्न उल्लेखित विशेषताहरु हुनुपर्दछ

यो घाँसको विशिष्ट सुगन्ध हुनुपर्दछ जुनबाट यो तयार गरिएको हो । राम्रोसँग तयार नभएको घाँसले सामान्यतया यो सुगन्ध गुमाउँछ । अत्याधिक घाम वा धेरै बेर सम्म घाँसलाई घाममा राख्नु  सुगन्ध हटाउनको लागि जिम्मेवार कारक हुन सक्छ ।

पशुहरुको आहाराको लागि बनाईएको घाँस फोहोर मुक्त हुनपर्दछ । घाँस बनाउने प्रक्रियामा झार वा अन्य foreign materials  जस्तै धूलो आदि मिसियो भने घाँसको गुणस्तर कम हुन जान्छ । अत्याधिक पौष्टिक हुने berseem वा lucerne हरू जस्ता घाँसमा foreign  matters को कारणले गर्दा उनीहरुको पौष्टिक मूल्य हराउन सक्छ ।

यसले उचित हरियो रंग राख्नुपर्दछ जसले कुनै न कुनै विचार दिन्छ वा भिटामिन ए र क्यारोटीन्सको अग्रदूत मात्रा दिन्छ । घाँसलाई घाममा सुकाउने क्रममा हरियो रंग घट्नाले भिटामिन ए को मात्र हानी निर्धारित नभएर भिटामिन ई र अन्य सम्बन्धित पोषकहरू पनि हराउने गर्दछ ।

यसले मूल चाराको पातलोपना बनाउने गर्दछ । गुणस्तर घाँसको पात पातलो हुनालेले डाँठ भन्दा बढि पात पौष्टिक हुन्छ भन्ने कुरा निर्धारण गरिन्छ ।

भण्डारण

साईलेज भण्डारण गर्नका लागि सुरक्षित र सुख्खा ठाउँको छनौट गरी खाडल खन्नु पर्ने हुन्छ जसलाई ‘सीलो’  भन्ने गरिन्छ । उदाहरणको लागि यदि तपाईलाई घरायसी रुपमा हो भने १५ मि. लम्बाई र ५ मि. चौडाईको खाडल खन्नु पर्ने हुन्छ तर ठूलो व्यावसायिक रुपमा हेर्ने हो भने आफ्नो लागत खर्च र आवश्यकता अनुसार बनाउनु पर्दछ । यस्तो खाडलमा तपाईंलाई करिब १० मिटर पोलिथीन र ३० लिटर गुड़ चाहिन्छ । खाडलमा राखिएको घाँस हावा पानी नपस्ने गरी सुरक्षित राख्नका निमित्त पोलिथिन पानाले खाडलको सबै भाग ढाकिदिनुपर्दछ । त्यसपछि काटिएको घाँसहरु पातलो तह मिलाई फैलाउनु पर्छ र खाडलको एक तिहाई नभरिन्जेल सम्म सोहि प्रक्रिया दोहोर्याउनु पर्दछ । त्यसैगरी ३ लिटर पानीमा १ लिटर पातलो गुड़ मिसाई खाडलमा राखिएको उक्त घाँसमा छर्कनुपर्दछ । यो प्रकिया गर्नाले खाडलमा राखिएको घाँसलाई सड्न र ढुसी पलाउनबाट रोक्न मद्दत गर्दछ । त्यसपछि घाँसलाई खुट्टाले वा केही भारी चिजले कुल्चिदै राम्रोसगँ थिच्नुपर्दछ र माथिल्लो भागमा माटोले हावा पानि नपस्ने गरि राम्रोसँग छोप्नुपर्दछ जसले गर्दा सूक्ष्मजीव गतिविधि प्रेरित हुन्छ र हामीलाई चाहिने जस्तै साईलेज बनाउन सकिन्छ । यस्तो प्रक्रियामा बनाइएको साईलेज लामो समयसम्म पनि राख्न सकिन्छ ।

माथि उल्लेखित प्रकिया गर्दा धेरै लागत खर्च आउँछ जुन ३-४ वटा पशु पाल्ने कृषकका लागि हैरान हुन जान्छ । त्यसकारण आफ्नो घरमै सर्वसुलभ रुपमा पाइने बोरा, ड्रम आदि जस्ता चीज उपभोग गरी साईलेज भण्डारण गर्न सकिन्छ । जस्तै प्लाष्टिकको बोरा २ या ३ वटा खरिद गरी बोरामा घाँस राखी खुट्टाले खाद्नुपर्दछ । उक्त प्रति बोरामा १/२ के.जि. नुन हाली राम्ररी खाँदेर हावा नपस्ने गरि ओभानु ठाउँमा राख्नुपर्दछ । यदि घरमा तेल हाल्ने ड्रम छ भने उक्त ड्रममा पनि भण्डारण गर्न सकिन्छ । यसैगरी बनाईएको साईलेज २/३ महिना पछि कोट्याएर आफ्नो आवश्यकता अनुसार प्रत्येक दिन निकाली गाईवस्तुहरुलाई खुवाउन सकिन्छ । अन्यत यसरी तयार पारिएको पशुआहारा निकै सन्तुलित र पोषणयुक्त मानिएको छ र यो प्रकियामा पशुपालन गरेका कृषकले निकै फाइदाजनक भएको बताएका छन् ।

घाँसको फाइदाहरु

आहाराको अभावमा पशुहरूलाई घरमै तयार पारिएको पौष्टिक तथा पचाउन सजिलो हुने खाना प्रदान गर्न सकिन्छ ।

पशुलाई राम्रो गुणस्तरको घाँस खुवाउँदा, रासनमा केन्द्रितको केहि मात्रा प्रतिस्थापन गर्न सक्दछ जसले गर्दा उत्पादन लागत कम हुनजान्छ ।

विरुवामा पोषकहरूको अधिकतम संचय हुँदा चरणमा फसल काट्न सकिन्छ ।

जनावरहरूको रासन राम्रो गुणस्तरको घाँसको सहायताले सन्तुलित गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *