हाल देखिएका धानबालीका प्रमुख समस्या र व्यवस्थापन विधिहरु

धान गवारो (Yellow Stem Borer)
धान बालीको प्रमुख कीराको सूचीमा पर्न एक धानमा मात्र हानी पुर्याउने कीरा हो । धान बालीमा विभिन्न किसिमका पहेलो धर्के, गुलावी र सेतो गवारोहरुले नोक्सान पुर्याउँछ । यी मध्ये पहेलो गवारो वढि हानीकारक छ । यस कीराको लार्भा अवस्था मात्र बढी हानीकारक हुन्छ । यस कीराले धानको वेर्नाको टुप्पामा एकै ठाउँमा फुल पार्छ । त्यसैले यस कीराले व्याड देखि पसाउने वेलासम्म नोक्सान पुर्याउँछ । यस कीराले विरुवाको कलिलो अवस्थामा आक्रमण गरेमा मृत गावा (Dead Heart) देखिन्छन् । यदि विरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो वाला (White Head) देखिन्छन् ।
रोकथामका उपायहरु
- अनावश्यक किसिमले नाईट्रोजन मल (युरीया) वढी नराख्ने ।
- Light Trap को प्रयोग गर्ने ।
- धान रोप्ने वेलामा गवारोका फुल भएका वेर्नाको टुप्पो (२.५-३ cm) हातले चुडाल्ने ।
- जैविक विषादी BIOLEP @ ३g प्रति लि पानीमा मिसाएर वेलुका पख प्रयोग गर्ने ।
- Trichogramma chilonis @ ६ पटक ५० हजार देखि १ लाख प्रति हेक्टर एक हप्ताको अन्तरमा प्रयोग गर्ने ।
- Bacillus thuringinesis (Bt) ३ ग्राम प्रति लिटर पानीका दरले घाम नलाग्ने समयमा छर्कने।
- धान खेतीको अलीमा भटमास लगाउने ।
- अन्तिम विकल्पको रुपमा रासायानीक विषादी Chlorophyrifos @ २ml प्रति लिटर ३ पटक ३०,५०,र ७५ दिनमा प्रयोग गर्ने ।
धानको पात डढुवा (Sheath Blight of Rice)
यो रोग Rhizoctonia solani नामक ढुसीको कारणले लाग्छ । यो ढुसी तातो-ओसीलो तापक्रममा (२८-३२ डिग्री से) मा बढी सकृय हुन्छ । यस ढुसीले पछिल्लो चरणको गाँज हाल्ने वेला देखि वाला हाल्ने वेला सम्म आक्रमण गर्छ । विरुवाको पातले प्रकाश सश्लेषण कृयामा धेरै योगदान हुने हुँदा, यसको असरले २५ प्रतिशत सम्म उत्पादनमा घट्ने कुरा अनुशनधानले देखाएको छ । यस रोग लागेमा पातको फेदमा अण्डाकार खैरा थोप्लाहरु देखिन्छन् । र ति थोप्लाहरु आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खाहरु (Sclerotinia) देखा पर्दछ । बोटको माथिल्लो भागमा समेत पुग्छ र विरुवा सुकेर डढेको जस्तो देखिन्छ । यस ढुसी विषेशत Susceptible Semi Dwarf जातका धान बालीहरुमा धेरै देखिन्छ।
रोकथामका उपायहरु
- अनावश्यक किसिमले नाईट्रोजन मल (युरीया) वढी नराख्ने,
- उन्नत जातको धान रोप्दा बोट देखि बोटको दुरी बढाउने,
- भेलिडामाईसिन ३% L (सिथमार, भालिगन,ओजोरो) ३ ग्राम प्रति लिटर वा कार्वेन्डाजिम ५०% WP( जस्तै वेभिष्टिन वा डेरोसाल) ढुसीनाशक विषादी १.५ ग्राम प्रति लिटर पानीको दरले मिसाइ १०-१२ दिनको फरकमा २ पटक छर्ने,
- प्रोपिकोनाजोल २५% EC (जस्तै बम्पर,बोनस,टिल्ट ) १ प्रति ४ लिटर पानीमा मिसाइ १० १२ दिनको फरकमा २ पटक छर्ने ।
धान बालीमा जिङ्कको कमीले खैरो (रातो) हुने समस्या
यो रोग खासगरी जिङ्क तत्वको कमीले हुन्छ । वास्तवमा यो कुनै रोग नभई माटोमा सुक्ष्म खनिज तत्वको कमीले हुने हो । हामीले मुख्यत तीन रासायानिक मल युरीया, डि.ए.पी र पोटास मात्र आफ्नो खेतवारीमा हाल्ने गर्छो तर विरुवालाइ विभिन्न तत्वहरु पनि वृद्धि विकासका लागी चाहिने हुन्छ । यस तफ पनि ध्यान नपुर्याउनाले यस्ता समस्या अइपरेका छन्। विषेश त धानबालीको गाँज हाल्ने वेलामा यो समस्या देखापर्छ । यस तत्वको कमीले गर्दा पात पहेलिनु पातमा खैरा वा कास जस्तो रङ्ग भएको थोप्ला हुनु । यस थोप्लाहरु एकै ठाउमा जोडिन गई पुरै वोट नै रातो देखिने हुन्छ । विरुवा उखाली हेर्दा जरा पनि खैरो रङ्गको देखिन्छ ।
खैरा रोग लागेको चिन्ने उपाय
धानका पुराना पातहरुको छेउ वा टुप्पा वाट खैरो हुन सुरु हुन्छ । पातको बीचको भागमा केही समयसम्म हरियो हुन्छ। पछि गएर पुरै पात खैरो हुन्छ ।
व्यवस्थापनका उपायहरु
१६५ ग्राम जिङ्क सल्फेट र ८० ग्राम कृषि चुन लिएर ३३ लिटर पानीमा प्रति कठ्ठाका दरले स्प्रे गर्ने । आवश्यक परेमा ६६ ग्राम युरिया मिसाउन पनि सकिन्छ । यसरी जिङ्ग वाट हुने समस्या निर्मुल पार्न सकिन्छ ।