बुधबार, २८ कार्तिक २०८१

सम्भावित खाद्य संकटबाट बच्न हर्टिकल्चर सोसाईटीको अपिल

Share via:

 

कोरोना भाईरस संक्रमणले लकडाउनको समयलाई दीगो कृषि र बागवानी विकासमा जोड दिन सुझाव सहित नेपाल हर्टिकल्चर सोसाईटीले विज्ञप्ति निकालेको छ । सोसाईटीले निकालेको विज्ञप्तिमा बीउ बिजन सम्बन्धि क्रियाकलापमा सतर्क रहँदै काम गर्न समेत सुझाव दिएको छ । कोरोनाले दिएको यो समयलाई अवसरको रुपमा लिएर निकट भविष्यमा आई पर्न सक्ने खाद्य संकटबाट बच्न उत्पादित कृषि जन्यवस्तुहरु खेर नजाने गरी व्यवस्था गर्न भनेको छ । सोसाईटीका अध्यक्ष ईन्द्रराज पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ :

 

  • देशमाबन्दाबन्दी (लकडाउन) कायम रहेको अवस्थामा सबै सरोकारवाला निकायहरुले मोबाईल एप, एसएमएस, टेलिफोन र टोल फ्री नम्बरको अधिकतम उपयोग गरी बीउ बिरुवा उत्पादक श्रोत केन्द्रहरु, नर्सरीहरु, र बीउ बिजन बिक्रेताहरुलाई सामाजिक दूरी कायम र ब्यत्तिगत सुरक्षा साधन प्रयोगगरी उत्पादन र प्याकेजिङ्ग र बिक्रिबितरणका कामलाई निरन्तरता दिने ।

 

  • ग्रामिण क्षेत्रमा पनि सामाजिक दूरी कायम र ब्यक्तिगत सुरक्षा साधन प्रयोग गरी उत्पादन कार्यलाई निरन्तरता दिन कृषिसंग सम्वन्धित विज्ञ र सरोकारवालाहरुले विद्युतीय साधनको माध्यमबाट कृषहरुलाई प्राविधिक सल्लाहदिने ।

 

  • तीनै तहका सरकारले हाल खेतबारीमै खेर जाने अवस्थाका फलफूल तथा तरकारीको तुरुन्तै उचित ढुवानी र वितरणको ब्यवस्था गरी आवश्यक परेको वा माग भएको क्षेत्रमा पुर्याउने ।

 

  • धेरै पाकेका र ढुवानी गर्न नमिल्ने फलफूल जस्तै केरा, गोलभेंडाको प्रशोधन गर्ने, केराको चिप्स, गोलभेंडाको केचप, वा सस, बन्दाको अचार आदि बनाउने ब्यवस्था मिलाउने ।

 

  • स्थानीय सरकारले ग्रामिण कृषकहरुलाई मास्क र कृषि काम गर्दा लगाईने बाक्लो पञ्जाको उपलब्ध गर्न सहजिकरण गर्ने । मनसुन शुरु हुनासाथ लगाईने बालीहरुको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले सामाजिक दूरी कायम र ब्यक्तिगत सुरक्षा साधन प्रयोग गरी उत्पादनसामग्री (उन्नतबीउ, रासायनिकमल, रोगरकीरानासक विषादी, कृषियन्त्ररउपकरण आदी) ब्यवस्थागर्न गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय (निर्देशनजारी) गर्ने । साथै विरुवा वितरणगर्ने नर्सरी र बीउ विक्रीगर्ने बीउ कम्पनीहरु र एग्रोभेटहरुलाई दैनीक निश्चित समयमा खुल्ने र कारोवार गर्ने सहज व्यवस्था गरिनु पर्ने ।

 

  • सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्रहरुमा उत्पादनभई बजारीकरण हुन नसकेका कृषि उपजहरु स्थानीय सहकारी र कृषक समूहहरुलाई सामाजिक दूरी कायम र ब्यक्तिगत सुरक्षा साधन प्रयोग गरी ढुवानी साधन समेत निसंङक्रमित गरी उपभोक्ताहरु सम्म पु¥याउन प्रदेश र स्थानीय सरकारले अबिलम्ब पहल गर्ने ।

 

  • मनसुन शुरु हुनासाथ प्रधानमन्त्री बृक्षारोपण कार्यक्रम ब्यापक रुपमा संचालन गर्न, प्रदेशमा र केन्द्रमा रहेका सम्पूर्ण बागबानी फार्म/केन्द्र र स्थानिय निजी नर्सरीहरुमा के कति फलफूलका बिरुवा छन् त्यसको यकीन तथ्याङ्क राष्ट्रिय फलफूल विकास केन्द्रले प्रदेश र देशमा रहेका फार्म÷केन्द्रबाट लकडाउनकै समयमा विद्युतीय माध्यमबाट संकलन गरीसक्ने ।

 

  • निकट भविष्यमा आउन सक्ने भोकमरीको समस्याबाट बच्न मनसुन शुरु हुनासाथ खेतबारीमा धान, मक,ै दलहन, तेलहन, तरकारी लगाउन मल बीउको ब्यवस्था सबै सरोकारवाला निकायहरुले मोबाईल एप, एस एम एस, टेलीफोन र टोल फ्री नम्बरको अधिकतम उपयोग गरी लकडाउनकै अवस्थामा पनि पहल गर्ने ।

 

  • गाँउ फर्केका युवाहरुलाई आपनो खेतबारीमा मात्र काम गरेर नगद आम्दानी तुरुन्त नहुने भएकोले खरबारी, बनबनेली, ग्रामिण सडक र राजमार्गका दाँयाबाँया, सार्बजनिक जमीन र नाङ्गा पाखामा फलफूल, औषधीय बोट बिरुवा लगाउन स्थानिय स्तरमै प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री बृक्षारोपण कार्यक्रमहरुबाट रोजगारी दिएर गाँउमै बस्ने वातावरण तयार गर्ने ।

 

  • हाल पहाडमा ज्यादै भिरालो जमिनमा पनि अन्न बाली खेती गरिदै आइएको छ । यसबाट उत्पादन पनि कम हुने र बाढी पहिरोको जोखिम पनि बढि हुने गरेको छ । त्यसैले ३०० भन्दा बढिको भिरालो भएको जमिनमा कम खनजोत गर्नु पर्नेखालका बागबानी तथा बनबाली फलफूल, औषधीय बोट बिरुवा (हर्रो, बर्रो, अमला आदि) र नगदेबाली (अलैची, अदुवा, बेसार, टिमुर) जस्ता बालीको प्रवर्द्धन गर्ने कार्यक्रम ब्यापक र योजना बद्ध रुपमा संचालन गर्ने । बागबानी तथा बनबाली फलफूल, अलैची जडिबुटीबाट आम्दानी नआउन्जेल, यस्ता सिमान्कृत कृषकहरुलाई गाँउमै सडक, बाटो पुल, सार्बजनिक संरचना र सरकारी भवन निर्माणमा नगद आम्दानीको लागि रोजगारी दिई गाँउमै बसी फलफूल, अलैची जडिबुटी बालीको रेखदेख पनि गर्ने र सार्बजनिक निर्माणको ग्यारेन्टि बाट प्राप्त नगद आयबाट खाद्यान्न र घरको गर्जो टार्ने अबस्थाको सिर्जना गर्ने कार्यक्रम स्थानिय र प्रदेश सरकारले प्रोत्साहीत गरी हरियाली बढाएर नेपाली गाँउलाई सुन्दर, चिटिक्क र आम्दानी मूखी बनाउने ।

 

  • कृषिको ब्याबसायीकरण र नगद आम्दानीकोलागि ग्रामिण रोजगारीलाई आवद्ध गरेर कृषिलाई रुपान्तरण गर्नु पर्दछ । लामो समय लिने बालीबाट नगद आम्दानी नआउन्जेल ग्रामिण रोजगारीबाट खाद्यान्न खरिद गर्न साना र मझौला कृषकहरुलाई गाँउमै नगद आर्जन गर्ने कामको ब्यबस्था, परिचय कार्डको ब्यबस्था गरी राज्यबाट पालिका मार्फत आफ्नै गाँउमा वर्षभरी कम्तिमा प्रतिब्यक्ति १०० दिनको रोजगारी ग्यारेन्टीको ब्यबस्थागर्ने । यसले गाँउबाट युवाश्रमिक पलायन न्युनीकरण भै गाँउको बिकासमा सकृयता बढ्ने छ ।

 

  • फलफूल, जडिबुटि, पुष्पखेती, हरेक सडकको दाँयाँबाँयाँ श्रृङ्गारिक र बिषादि रहित जैविक खेतीको प्रवर्धनबाट उपभोग बढाउने निर्यात बृद्धि गर्ने र समृद्ध नेपालको बिकास गर्ने कार्यक्रम तर्जुमा गरी लागु गर्ने ।

 

  • बृहत्तर कृषि उत्पादनको लागी आवश्यक उत्पादन सामाग्री (उन्नतबीउ, रासायनिक मल, रोगरकीटनासक विषादी, सिंचाई विद्युत कृषियन्त्ररउपकरण आदी) मा उचित अनुदान सहित सहुलियतपुर्ण प्याकेजको घोषणा गरी तत्काल कार्यान्वयन गर्नु पर्ने ।

 

  • हालै कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यूले घोषणा गरे अनुसारको प्रमुख कृषि उपजहरुको उत्पादन लागत र विद्यमान बजार मूल्यको विश्लेषण गरी समर्थन मूल्य तोकी बजार नियमन गर्ने र आवश्यक परे सरकारी स्तरबाट खरिद गरी आम उपभोत्तामा सहज आपुर्तिको ब्यवस्था गर्ने नीतिलाई सबै तहका सरकारहरुले ब्यबहारमा उतार्ने ।

 

  • कोरोना जस्तै विरुवा र पशुपंछीका महामारीवाट वच्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वर्तमान संगठनात्मक संरचनामा रहेको प्लान्ट क्वारेन्टाईन केन्द्र÷कार्यालयको क्षमतालाई अत्याधुनिक स्तरमा सुधार गरी विदेशबाट आयातहुने कृषि उपजको प्रभावकारी ढङ्गले नियमन गर्ने व्यवस्था मिलाउने । साथै भारतबाट हुने न्यून गुणस्तरीय फलफूल बिरुवा आयातमा रोक लगाई नेपालका नर्सरीधनीहरुले उत्पादन गर्ने बिरुवाहरुको गुणस्तर निर्धारण गरी स्वदेशीबोट बिरुवाको उपयोग बढाउने र हरेक पालिकामा स्तरीय बहुउद्देश्यीय श्रोतकेन्द्र/नर्सरीहरु स्थापनागर्न बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई संलग्न गराउने ।

 

  • कोरोना भाइरसको महामारीले नेपालीहरुमा जगाएको स्वदेश प्रेम र आफ्नो गाँउ र घरपरिवार प्रतिको मायामोहको यो अवसरलाई उपयोग गर्दै नेपालमा दीगो कृषि, बागबानी विकास र १ वर्ष (६ महिना) भित्रमा तरकारी, २ बर्षमा खाद्यान्न र ५ बर्ष भित्रमा फलफूलमा आत्मनिर्भर हुन यो मौकाको सदुपयोग गरौं ।

 

  • नेपाल हर्टिकल्चर सोसाइटीका सम्पूर्ण सदस्यज्यूहरु देशैभरी विभिन्न तह र तप्कामा रहेका छौं । यस माहामारीको त्रासबाट बाहिर निस्कनुको साथै भोकमरीको चपेटामा देशलाई पर्न नदिन हामीहरु जाहाँ छौं त्यहीबाट नेपाल हर्टिकल्चर सोसाइटीका सदस्यहरुले आफूले जानेका प्राविधिक शिप सिकाउने र बागबानी क्षेत्रको शिघ्र विकासमा सहकार्य र सक्दोपहल गर्न नेपाल हर्टिकल्चर सोसाइटी अपील गर्दछ ।

 

सोसाईटीले जारी गरेको विज्ञप्ति पीडीएफमा हेर्नको लागि यसैमा  क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *