बुधबार, २८ कार्तिक २०८१

सम्मान र उत्सवको फूल : सयपत्रीको व्यवसायिक खेतीबारे जानकारी

Share via:

 

श्रद्धा अनि भक्तिको प्रतिक मानिने फूल, दुःख साट्न होस् या खुसी बाढ्न होस् जहाँ पनि उत्तिकै महत्त्व रहेको पाइन्छ । धार्मिक, सामाजिक कार्यक्रमहरू, उत्सव तथा वैवाहिक समारोहमा विभिन्न प्रकारका फूलहरूको आफ्नो महत्त्व हुन्छ । ती फूलहरु मध्ये सयपत्री फूलको एउटा बेग्लै स्थान छ जसको प्रयोग १६ औँ शताब्दी देखि मात्र भएको मानिन्छ ।

 

विभिन्न प्रयोजनमा प्रयोग हुने फूलहरुको माग बढी मात्रामा चाडपर्व हुने गर्दछ खासगरी हिन्दूहरूले मनाउने तिहारमा सयपत्री फूलको महत्व अझ बढी हुने गर्दछ । पहेंलो, सुन्तले, रातो, कलेजी, केसरी तथा सेता जस्ता विभिन्न रंगमा फुल्ने सयपत्रीको मुख्य विशेषता भएको कारणले प्राय हरेक चाडपर्वमा आफ्नो मनमोहक बास्ना फैलाइरहेको हुन्छ ।

 

विविधताहरु
सयपत्री फूल निम्न दुई प्रकारका रहेका छन् ।

१. अफ्रिकन सयपत्री (The African marigold)

यसको वैज्ञानिक नाम (Tages erects) हो |

यो अफ्रिकी सयपत्री फूल ९० सेमी जति अग्लो हुन्छ र पहेंलो तथा सुन्तले रङ्गमा पाउन सकिन्छ |

२. फ्रेन्च सयपत्री (French marigold)

यसको वैज्ञानिक नाम (Tagetes patula) हो |

यस्तो प्रकारको फूल प्रायः सानो तथा भरिभराउ थुँगा नपरेको जस्तो  हुने गर्दछ । यस फूलमा पहेंलो, सुन्तले तथा अरू रङ्ग मिसेर फुलेको जस्तो देख्न सकिन्छ ।

मौसम

नेपालको सन्दर्भमा हेर्ने हो भने सयपत्री उत्पादनको लागि प्राय सबै क्षेत्र नै उचित भएको पाइन्छ । अत्यन्त गर्मी र जाडो हुने क्षेत्रमा सयपत्रीको उपयुक्त ढंगले उत्पादन हुन सक्दैन । यसको लागि १८-३०° सेल्सियस सम्मको तापक्रम उचित हुन्छ ।

 

माटो
फ्रेन्च प्रजातिको सयपत्री हल्का माटोमा अनि अफ्रिकी जाति सुख्खा, ओसिलो माटोमा उत्तम तरिकाले उत्पादन गर्न सकिन्छ ।

 

पि. एच(p.H) ७ देखि ७.५ सम्मको  बलौटे दोमट माटोमा यसको खेतीको लागि उपयुक्त छ ।

 

नर्सरी तयारी

जमिनलाई २-३ पटक खनजोत गरी माटो मसिनो बनाई गोठेमल (FYM) को प्रयोग गर्नुपर्दछ । माटोलाई ३० सेमि उच्चो बनाएर लगायौं भने पानीको राम्रोसंग निकासा गर्न सकिन्छ ।

 

लगाउने दुरी

  • फ्रेन्च जाति सयपत्रीको लागि ३०×३० सेमि तथा अफ्रिकी जाति सयपत्रीका लागि ४०×४० से.मि ।
  • गुणस्तरीय वनस्पति र फूलको वृद्धि र विकासको लागि राम्रो तरिकाले स्पेसीइङ्गको खाँचो पर्दछ ।

 

रोप्ने सामग्रीहरु

बलौटे, दोमट माटो, प्राङ्गारिक खाद्य, एसएसपी(SSP), राम्रो संग कुहेको गोठेमल (FYM) तथा पोटास प्रयोग गर्न सकिन्छ ।

 

रोप्ने समय

मौसम र हावापानीलाई ख्याल गर्दै सयपत्री तीन मौसममा रोप्न सकिन्छ । यसैले यो फूल वर्षभरि पाउन सकिन्छ (वर्षा, जाडो र गर्मी) लगाउन पनि सकिन्छ । विरुवा रोपेको २५ देखि ३० दिनमा सार्नको लागि तयार हुन्छ ।

 

रोप्ने तरिका

  • बीउ भाँडा, बक्स वा उठाएको नर्सरी ब्याडमा राख्नुपर्दछ ।
  • नर्सरी ब्याडमा खनजोत गरी सडेको गोठेमल मिलाउनु पर्दछ ।
  • बीउ छर्नु अघि माटोलाई उचित ढंगले भिजाउनु पर्दछ ।
  • बीउ २ सेमि गहिरो बनाई पातलो रुपमा रोप्नुपर्दछ ।
  • बेर्ना साँझको समयमा सार्नुपर्दछ ।

 

मलखाद

सयपत्री फूल धेरै मात्रामा उत्पादन गर्नको लागि २००:१००:१०० NPK kg/ha को रुपमा प्रयोग गर्नुपर्दछ ।

जमीन तयार गर्ने क्रममा  NPK १००:१००:१०० को अन्तरमा प्रयोग गर्नुपर्दछ ।

बाँकी रहेको १०० kg N/ha विरुवा सारेको एक महिना पछि राख्नुपर्दछ ।

 

सिंचाई

वनस्पति विकास र फूल फुल्नको लागि माटो अत्यन्तै ओसिलो तथा चिस्यान हुनुपर्दछ ।

हप्तामा एकपटक तथा माटोमा पानीको मात्रा र मौसम अनुसार ७/८ दिनको अन्तरमा सिंचाई गर्नुपर्दछ ।

वर्षायाममा बालीनाली मौसम अनुसार सिंचाई गरिन्छ ।

हल्का माटोमा भारी माटोमा भन्दा बारम्बार धेरै सिंचाई गरिन्छ ।

 

पिन्चिङ

यदि काण्डको टुप्पोको भाग प्राराम्भिक रुपमा हटाइयो भने छेउछाउका हाँगाको गुण र एक समान आकारको अधिक संख्यामा फूलहरू उत्पादन गरिन्छ ।

यो प्रक्रिया बेर्ना सारेको ४० दिन पछि गरिन्छ ।

पिंचिङ गरिसकेपछि केही मात्रामा नाईट्रोजन छर्केर पानी हाल्नुपर्दछ ।

सयपत्री कमजोर हुने हुँदा पिंचिङ गरिसकेपछि हावाबाट बचाउनको लागि लठ्ठीको सहायता दिनुपर्छ ।

 

गोडमेल

अनावश्यक झारपातलाई हटाएर  विरुवाको वृद्धि  विकासमा सकारात्मक तरिकाले हुर्काउन जरुरी हुन्छ।

आवश्यक अनुसार यसलाई २ ३ पटक सम्म पनि गर्न सकिन्छ।

 

फूल टिप्ने

जतिबेला विरुवा ७५% जति फुलिसकेको हुन्छ त्यतिबेला देखि नै हार्वेष्ट गर्न सुरु गरिन्छ । यो काम गर्नु भन्दा अगाडि नै विरुवालाई सिंचाई गरी बिहान या बेलुकाको समय हेरेर फसल लिन सकिन्छ । उक्त समयलाई मध्यनजर गर्दै यसको गुणस्तरीय उत्पादनको लागि कुनै पनि विरुवा नछुट्ने गरी ध्यानपूर्वक फसल गर्नु पर्दछ ।

 

रोगकीराहरु
१. रोगहरू

जरा कुहिने रोग (Damping off)

लक्षण

ब्राउन नेक्रोटिक स्पटहरु ।

यो रोग विरुवा धेरै बाक्लो भएमा नर्सरीमा लाग्ने रोग हो ।

धेरै प्राङ्गारिक मल प्रयाेग भएमा विरुवा मर्ने गर्दछ ।

 

नियन्त्रण

नर्सरी ब्याडमा उचित ड्रैनेज प्रदान गर्नु पर्दछ ।

ब्रासिकोल ०.३% को साथ माटो भिजाउने काम गर्नु पर्छ ।

 

पातमा दाग र ब्लाइट (Alternaria,Cercospora septoria)

लक्षण
तल्लो पातहरूमा ससानो खैरो गोलाकार दागहरू र संक्रमणको पछिल्लो चरणमा विस्तार हुँदा विरुवाबाट पातहरू झर्ने तथा बोट नाश हुन सक्छ ।

नियन्त्रण

Dithane m-45 fungicide ०.२% द्वारा लक्षणको पहिलो उपस्थितिबाट स्प्रे गर्ने

 

२. कीराहरु

रातो स्पाइडर माइट (tetranychus एसपी)

माइट्स फूलहरू नजिकै बोटहरूमा देखा पर्दछ र धुलोपनको दृश्य देखा पर्दछ।

 

झुसिली कीरा (Diacrizai obliqua)


अझै पनि नेपालमा तिहार लगायत विभिन्न अवसरमा प्रयोग भईरहने फूल समेत भारतबाट आयात गरिँदै छ । पूजापाठ र मन्दिरमा चढाउने फूलसमेत अन्यन्त्रबाट आयात गरी काम चलाउन पर्ने भएपछि कृषि प्रधान मुलुक नेपाल भन्नु कत्तिको उचित होला ? हो सम्भावना धेरै तर सरकारी लगानी शून्य जसले नेपालमा पुष्प व्यवसाय चाहेर पनि माथि उठ्न सकिरहेका छैनन् । त्यसैले  कृषि विज्ञ र नीति निर्माताले गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।

(लेखक पूर्वान्चल कृषि क्याम्पस, गौरादह, झापामा अध्ययनरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *